राष्ट्रिय पौडी प्रतियोगिता चितवनमा

जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो । यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो । महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिनुभयो ।…