नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो । पौडेलले उत्कृष्ट ब्याटिङ…