नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश

काठमाडौं। भुटानलाई पराजित गर्दै बंगलादेश साफ महिला यु-२० च्याम्पियनसिपको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार सम्पन्न खेलमा बंगलादेश ३-० ले विजयी भएको हो। बंगलादेशको यो लगातार चौथो जित हो। जितसँगै शीर्ष स्थानमा फेरि फर्किएको बंगलादेशले १२ अंक पुर्याएको छ। समान खेलबाट ९ अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ।