गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास

कास्की, २३ वैशाख । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको आज गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गर्नुभयो । प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव…