खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलन गरी अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले ठाडो भाकाको लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीत लिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ…