चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ । यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र…