राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई÷दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले…