राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन

झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो । झापा जिल्लालाई कर्मथलो बनाएर खेलकूद विधाको क्रिकेटबाट देशकै नाम चिनाउन…