वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं. वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको वडाध्यक्ष आनन्दप्रसाद पाठकले बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणका कारण…