बाख्रालाई कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि

तनहुँ जिल्लामै पहिलोपटक कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । भीमाद नगरपालिकामा कृषकले पालेका बाख्रालाई गर्भाधान गर्नका लागि नगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेको हो । नगरपालिकाको पशु शाखाले भीमाद नगरपालिका–९ को पाथर्दीमा कृषकले पालेका बाख्रामा डिभाइस प्रयोग गरी कृत्रिम गर्भाधान गरिएको हो । पाथर्दी र जौपानीका कृषकले पालेका बाख्रामा पहिलोपटक डिभाइस प्रविधिको प्रयोग…