निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिनमा आज चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाउनुभएको छ । परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गर्नुभएका सुब्बाले त्यस समयको चलचित्र जगत्को दुःख सुनाउनुभयो । आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको…