मकवानपुरको हेटौँडा घर भएका माझी चलचित्रकर्मी सङ्घका विवश माझी आदिवासी जनजाति चलचित्र क्षेत्रमा लागेको एक दशक भयो । माझी भाषाको पहिलो चलचित्र ‘मोङोजोवान’ (मेरो जिन्दगी)मा नायकको भूमिकामा चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ अहिले आदिवासी जनजाति चलचित्रलाई कसरी आदिवासी पनमा सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहनरुपमा छलफलमा जुट्नुभएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घको…