काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ। शुक्रवार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनुभयो। उहाँले नीति र बजेटमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि…