राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

उहाँले आज (सोमबार) त्यहाँ जानुभई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । रासस