निर्वाचित भएपछि पन्छिने प्रवृत्तिमा सुधार आवश्यक : उपसभापति खड्का

वीरेन्द्रनगर। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूलाई इमानदारीपूर्वक पार्टीप्रति समर्पित हुन आग्रह गरेका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले जिम्मेवारीमा पुगेपछि पन्छिने प्रवृत्तिको आलोचना गर्दै त्यो सुधार गर्नुपर्ने बताएका हुन्। “पार्टी अधिवेशनको बेला दरखास्त हाल्न भीड लाग्छ, तर निर्वाचित भएपछि जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउँछ,” उपसभापति खड्काले…