स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले…