प्रधानमन्त्री देउवाको भारत भ्रमण नेपाल–भारत सम्बन्धमा ‘माइलस्टोन’

प्रधानमन्त्री देउवाको भारत भ्रमण नेपाल–भारत सम्बन्धमा ‘माइलस्टोन’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत्र । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपालका प्रधानमन्त्री देउवाज्यूको भारत भ्रमण सफल भएको छ । उहाँको भ्रमणले सकारात्मक सन्देश गएको छ ।’

उनले भ्रमणको दौरान सिमा विवाद समाधानको विषयपनि उठेको भन्दै यो सकारात्मक भएको बताए । उनले भने,‘सिमा विवादलाई राजनीतिकरण नगरीकन, सम्वादको माध्यमबाट हल गर्न दुवै देश गम्भीर भएका छन् । यो राम्रो कुरा हो । छिमेकका बीचमा सिमा विवादका सानातिना समस्या हुन्छन्, यसलाई राजनीतिक विषयवस्तु नबनाउनेगरि सम्वादको माध्यमबाट हल गर्ने सहमति हुनु खुशीको कुरा हो । वार्ताको माध्यमबाट सिमा विवादमा सहमति खोज्ने कुरा भएको छ। यो राम्रो । उनले उर्जा क्षेत्रमा भएको समझदारी पनि धेरै नै सकारात्मक विषय भएको बताए ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतमा विद्युत निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्ने बताएका थिए । मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका थिए ।

उनले सम्बोधनको क्रममा भनेका थिए,‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं, अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’