काठमाडौँ, १ असोज (रासस) ः नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले आज कीर्तिपुरमा एक कार्यक्रमबीच लोकार्पण गर्नुभयो । अधिकारकर्मीका रुपमा समेत नेपाली समाजमा परिचित लेखक मल्लको यस उपन्यासमा एकाँकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक…