दमक प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ । प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’ को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गर्नुभयो । प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बाल साहित्य र अर्कामा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश…