‘दमक बालज्योति ’र ‘दमक ज्योति विमोचित


दमक प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ । प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’ को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गर्नुभयो ।

प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बाल साहित्य र अर्कामा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताउनुभयो । बालज्योतिबारे मिश्र वैजयन्ती र दमक ज्योतिबारेमा साहित्यकार लीला अधिकारीले समीक्षा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस