समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारी समेत गरेको छ । बुढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट वञ्चित तथा आर्थिक अवस्थामा राम्रो भएर पनि आफन्त नभएका आमाबुबालाई पोखरा वृद्धाश्रमले निश्चित शुल्कसहितको आश्रम सञ्चालन गर्न लागेको हो । सःशुल्क आश्रमबाट भएको आम्दानीले असहाय एवम् अपहेलित जेष्ठ नागरिकलाई…