२७ वर्षीय श्रृजनाले काठमाडौँ मै जन्म दिईन तिम्ल्याहा सन्तान: पहिला डर, अहिले उत्साह

२७ वर्षीय श्रृजनाले काठमाडौँ मै जन्म दिईन तिम्ल्याहा सन्तान: पहिला डर, अहिले उत्साह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना कहर बीच काठमाडौँ कान्तिपथ स्थित ग्राण्डिसिटी अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्मदिएकी छन्। काठमाडौँ निवासी २७ वर्षीय श्रृजना लम्सालले गत बिहिबार बिहान साढे ६ बजे शल्यक्रिया पश्चात तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।

जन्मिएका शिशु मध्य दुईको तौल २ केजी छ भने अर्का १ को १ केजी ९० ग्राम रहेको राण्डिसिटी अस्पतालले जनाएको छ । गर्भमा तिम्लाहा शिशु भएको खबरले डराएका शिशुका पिता सुबोध पौडेल आफ्नो सन्तान सकुसल जन्मेको देखेपछि सबै दुख भुलेर खुसि भएको बताउछन ।

गर्भ रहेको ४ हप्तामा जाँच गर्दा डाक्टरले जुम्ल्याहा हुनसक्ने अनुमान गरेको भएपनि ८ हप्तामा गरिएको अल्ट्रासाउन्डले भने गर्भमा तिम्ल्याहा शिशु रहेको पुष्टि भएको थियो । लकडाउनको समयमा गर्भवती श्रीमतीलाई चेक-जाँचको लागि अस्पताल लानु ल्याउनु चुनौती भएपनि सधै घरमा हुने हुदा स्याहार गर्नु भने पाएको पौडेल बताउछन ।

निक्कै दुर्लव मानिएको तिम्ल्याहा सन्तानको माता पिता हुन पाएकोमा गर्व लागेको उनीहरु सुनाउछन ।