प्रदेश नं २ मा बढी बोलिने मैथिली र भोजपुरी भाषाको समेत जननी संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । जयतु संस्कृतम्ले आज जुम प्रविधिबाट आयोजना गरेको प्रदेश नं २ स्तरीय संस्कृत लोकभाषा अभियान एवं साधारण विद्यालयमा संस्कृतको प्रयोग सान्दर्भिकता विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले जर्मनले लुप्त थान्सा दुईवटा संस्कृत भाषाका शब्द…