एकै दिन सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका– ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । उनीहरुको अहिले प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ ।…