यस्तो छ पोखराको १८ सराङ्कोट जाने बाटोमा रहेको भूत घर, २२ बर्ष देखी बन्द (भिडियो)

यस्तो छ पोखराको १८ सराङ्कोट जाने बाटोमा रहेको भूत घर, २२ बर्ष देखी बन्द (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा प्ूरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ । घर बनाएपछि उक्त घरमा कोही पनि बसेनन् र अहिले उक्त घर भूत घरको नामले चर्चित छ । स्थानीय तिलोचन दाहालका अनुसार जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् ।

जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन् । घर कुर्नका लागी केही ब्यक्ति राखिएपनि घरले संरक्षण पाएन र घर जिर्ण बन्दै गयो । गाँजा खाने र लागुऔषध लिनेहरुले घरलार्इं दुरुपयोग गर्न थाले । बाटो नजिकै भएकाले ढुंगाले समेत घरहरुमा प्रहार गर्न थाले र घरका सिसा र झ्यालहरु फुटे ।

हाल हेर्दा घर निकै पुरानो र डरलाग्दो छ । डरलाग्दो भएकाले नै उक्त घरलाई केही ब्यक्तिहरुले भूत घर भन्न थाले अहिले त्यही नै भनिन थाल्यो स्थानीय तथा उक्त घरका हेरालो दाहाल बताउछन् । हुर्नुहोस् भूत घरको बास्तबिकता ।