ज्यालाका लागि कहिलेसम्म आन्दोलनः चिया श्रमिक

–किरण पौड्याल इलाम, २८ साउन । बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता÷उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् । “कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर…