गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गर्न आज आयोजित कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेशामा आबद्ध…