खगोल विज्ञानका विषयमा जानकारी दिन कार्यशाला एवं प्रशिक्षण

काठमाडौँ, २६ भदौ (रासस) : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा जानकारी दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा कार्यशाला एवं प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज आयोजना गरेको कार्यक्रममा सात वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका १४ जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीलाई पाँच समूहमा विभाजन गरी खगोल…