तनहुँ समाज हङकङले दुवै मिर्गाैला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गाैला फेल भई उपचारका क्रममा रहनुभएका गुरुङलाई समाजका तर्फबाट रु दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो । उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गर्नुभयो । रकम…