काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्र (डब्लुएचओ सेरो) की निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच बालुवाटारमा भेटघाट भएको छ । डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्र र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौँमा सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुनुभएकी सिंहले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।…