आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा आज सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकलाई गाउँमै सर्वसुलभरूपमा विशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको हो । शिविरबाट १०५ पुरुष र १२० महिला गरी कूल २२५ लाभान्वित भएका रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले…