कोषमा राधेराधेबाट रु १५ लाख सहयोग

कोषमा राधेराधेबाट रु १५ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १२ चैत । राधा माधव समिति, श्यामा श्यामा धाम, राधेराधे भक्तपुरले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ

कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएपछि यसको रोकथाम एवं नियन्त्रणसंँगै सङ्क्रमितको उपचारका लागि सरकारले स्थापना गरेको उक्त कोषमा आज सो रकम जम्मा गरिएको समिति भक्तपुरका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिनुभयो ।
यसअघि पनि विद्यालयका विद्यार्थीदेखि विभिन्न समुदायमा पुगेर कोरोना भाइरसको रोकथामका लाथि जनचेतना, सरसफाइ र मास्क तथा स्यानिटाइजर वितरण गरी मानवीय सेवामा समिति लागिसकेको छ ।