पाँचथरका रमेशको कोरोना भाइरसका कारण अमेरिकामा नि’धन


काठमाडौं, ११ चैत । कोरोना भाइरसबाट अमेरिकामा बस्दै आएका एकजना नेपालीको मृ’त्यु भएको छ । कोरोना सं’क्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृ’त्यु भएको हो ।

पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका उनले ह‍ोटल तथा ट्याक्सी व्यवसाय संचालन गरिरहेका थिए ।

साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बुले दिएकी छन् ।

‘उहाँले मलाई १५ तारिखमा कोरोना भाइरसबाट जोगिने उपायसम्बन्धी भिडियो पठाउनु भएको रहेछ’, उनले भनिन्, ‘मैले जवाफ फर्काएकी थिइनँ । कोरोना भाइरसकै कारण उहाँको नि धन भएको सुन्‍नु पर्‍यो ।’

सम्वाहाङ्फेको श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस