कोरियाबाट नेपाल आउदै तिन घण्टा मै कोरोना पत्ता लगाउने टेस्टीङ किट


काठमाडौँ, १३ चैत्र । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को कारण यतिबेला नेपाल पुरा लकडाउन छ । अहिले सम्म तिन नेपालीलाई कोरोना पोजिटिभ भएको पुष्टि समेत भैसकेको छ ।

यसै बीच गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड-१९ कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। संघले किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग यसको सम्झौता समेत गरेको बताएको छ ।

उक्त दुई हजार किट्स खरिद गर्नका लागि ४० लाख रुपैया लाग्ने भएको हुदा संघले सहयोग रकम संकलन समेत थालेको छ। यो किटले कोभिड-१९ को नतिजा तिन घण्टामै पत्ता लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस