भारतबाट आएकाहरुमा ज्वरोको बिरामी देखा

भारतबाट आएकाहरुमा ज्वरोको बिरामी देखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत्र । भारतबाट मजदुरी गरी फर्कीएकाहरुमा ज्वरोका बिरामी देखा परेको छ । भारतको महाराष्ट्र राज्यबाट मजदुरी गरी आएका आठबीस नगरपालिका दुई जनामा ज्वरो देखिएपछी आसोलेसनमा राखिएको छ ।

उनीहरुको कोरोना भाइरस परिक्षणको लागि स्याव संकलन गरी प्रयोगशाला पठाउने तयारी गरिएको जिल्ला अस्पताल दैलेखका डा. निरन्जन पन्तले जानकारी दिए । ‘बिरामीको अवस्था जटिल भएमा जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी रहेको डा. पन्तले जानकारी दिए ।

ज्वरो, खोकी देखिएमा सेल्फ क्वारेन्टाइनमा बस्न र परिवार र छरछिमेकको सम्पर्कमा नगइदिन डा पन्तले आग्रह गरेका छन ।

कोरोनाको सन्त्रास पछी हजारौको संख्यामा नेपालीहरु भारतबाट नेपाल आएका थिए ।