प्रेस काउन्सिलद्वारा कोरोनाबारे अफवाह फैल्याउने ७ अनलाइन खारेज, १७ मिडियालाई स्पष्टिकरण दिन २४ घन्टे अल्टिमेटम

प्रेस काउन्सिलद्वारा कोरोनाबारे अफवाह फैल्याउने ७ अनलाइन खारेज, १७ मिडियालाई स्पष्टिकरण दिन २४ घन्टे अल्टिमेटम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । प्रेस काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त बनिरहेको बेला यस बारेमा बारेमा भ्रामक सूचना सम्प्रेषण गर्ने ७ वटा अनलाइन बन्द गर्न निर्देशन दिएको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कोभिड–१९ बारे अफवाह र भ्रम फैलाउने ७ अनलाइन बन्द गर्ने निर्देशन दिएको बताए ।

यस्तै काउन्सिलले गलत सूचना दिने १७ मिडियालाई प्रकाशित गरिएका भ्रमपूर्ण सामाग्री हटाउन र स्पष्टीकरण दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।

कुन-कुन मिडियालाई खारेज गरिएको र कुन-कुन मिडियालाई कारवाही गरिएको भन्ने बारेमा भने केहि खुलाइएको छैन ।