कोरोना सं’क्रमितको उपचार गर्न दुर्गा प्रसाईंले सरकारलाई दिए आफ्नो अस्पताल

कोरोना सं’क्रमितको उपचार गर्न दुर्गा प्रसाईंले सरकारलाई दिए आफ्नो अस्पताल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ चैत । नेपालमा पनि ३ जनामा कोरोना देखा परिसकेको अवस्थामा झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल कोरोनाको उपचारका लागि सरकारलाई दिने यसका सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो मेडिकल कलेज र अस्पताल सरकारलाई दिने घोषणा गरेका हुन् ।

कोरोना संक्रमण देखा परेको दिनदेखि नै स्वास्थ्य मन्त्रीसँग कुरा गरेको र आवश्यक सहयोग गर्न तयार भएको जनाउ दिएको उनले बताए ।

प्रसाईंले आज बिहानै आफ्नो अस्पतालका १०५ डाक्टरसँग कुरा गरेर अस्पताल नै सरकारलाई दिने निर्णय गरेको बताए ।

‘मैले मेरा डाक्टरहरूसँग मिटिङ गरें, टेस्टिङ किट, पिपिई सेट, मास्क भयो भने हामीले उपचार गर्न सक्छौं भन्नुभयो । तर ती सामाग्री हामीले निजी पहलमा किन्न सक्दैनौं त्यसैले अस्पताल नै सरकारलाई दिने निर्णय गरेको हो,’ उनले भने, ‘राज्यले हामीलाई जस्तो व्यवहार गरे पनि परेको बेला हामीले हेर्नु पर्छ भनेर अस्पताल नै दिने भनेको हो मेडिकल कलेज पनि चाहिन्छ भने सरकारले प्रयोग गर्न सक्छ ।’

बिएन्डसी अस्पतालले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भन्दै प्रसाईंले लामो समयदेखि शीर्ष नेताहरूसँग लबिङ गरिरहेका छन् ।