चो’रको हजार दाउ, लकडाउनको बेला पनि कस्मेटिक पसलमा चो’री!

चो’रको हजार दाउ, लकडाउनको बेला पनि कस्मेटिक पसलमा चो’री!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेकै समयमा काठमाडौं पेप्सीकोलास्थित एक कस्मेटिक पसलमा चो’री भएको छ ।

बुधबार राति पेप्सीकोलाको एक कस्मेटिक पसलबाट करिब ४० हजार बराबरको नगद तथा सामान चोरी भएको काँडाघारी प्रहरीले जनाएको छ ।

‘अस्ति कस्मेटिक पसलमा चो’री भएको भन्दै हिजो आउनुभएको थियो,’ महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्स्पेक्टर रूपेन्द्रनारायण श्रेष्ठले भने,’काउन्टरमा राखिएको नगद र कस्मेटिक सामान गरी करिब ४० हजार बराबरको चो’री भएको हो ।’

पसलका व्यापारीले बिहीबार आफ्नो पसलमा चो’री भएको थाहा पाएपछि प्रहरी कार्यालयमा उजु’री दिन पुगेका थिए ।

यस घटनाले प्रहरीलाई थप चनाखो बनाएको इन्स्पेक्टर श्रेष्ठले बताए ।