खाली आएर ३०५ पर्यटक लिएर फर्कियो कतार एयरवेजको जहाज

खाली आएर ३०५ पर्यटक लिएर फर्कियो कतार एयरवेजको जहाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको रित्तो कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार उक्त जहाजमा फ्रेन्च, जर्मन तथा अन्य युरोपेली मुलुकका नागरिक सवार छन् । जहाज दोहा हुँदै फ्रान्सको पेरिस जानेछ ।

गत मंगलबारदेखि साताव्यापी लक डाउन सुरू भएपछि विभिन्न स्थानमा रहेका पर्यटक अलपत्र परेका थिए ।

पोखरा, लुक्लालगायत ठाउँमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न फ्रान्सेली दूतावासले बिहीबार बुद्ध र तारा एयरका जहाज चार्टर्ड गरेको थियो ।