जुम्लाका १४ खत्री युवाहरुको दाहरनिय काम : बाँडे बिपन्न वर्गलाई नि:शुल्‍क मास्क र साबुन

जुम्लाका १४ खत्री युवाहरुको दाहरनिय काम : बाँडे बिपन्न वर्गलाई नि:शुल्‍क मास्क र साबुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १४ चैत । जिल्लाको गुठीचौर गाउँपालिका-५ बस्ने खत्री थरका युवाहरूको एक समूहले गाउँमा निकै उदाहरनिय काम गरेका छन् । उनीहरुले आफ्नै वडाका १७५ घरधुरीलाई नि:शुल्क मास्क र साबुन वितरण गरेर सबैबाट आशिर्वाद पाएका छन् ।

देपालगाउँका १४ जना खत्री युवाहरूले व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १७५ घरधुरीका ५८० जनालार्ई नि:शुल्क मास्क र साबुन वितरण गरेका हुन् ।

खत्री परिवारका युवाहरूले आफैँले पैसा उठाएर विपन्न परिवारलाई नि:शुल्क रूपमा मास्क र साबुन वितरण गरेको स्थानीय युवा विकास खत्रीले जानकारी दिए ।

आफूहरूसँग अझै ३ हजार ५ सय मास्क र २ हजार साबुन बाँकी रहेकाले वडा नं ३ र ४ का सम्पूर्ण सर्वसाधारणलाई बाँड्ने योजना बनाएको खत्रीले बताए ।

विश्वभर कोराना भाइरसले महामारीको रुप लिइरहेको बेला नेपालमा पनि पूर्व-सतर्कता अपनाउनुपर्ने बताउँदै देश विपत्तिमा भएका बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने ती युवाहरुको भनाइ छ ।