माघ १५ गतेदेखि बन्द चीनतर्फका दुवै नाका आजैबाट खुला

माघ १५ गतेदेखि बन्द चीनतर्फका दुवै नाका आजैबाट खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला भएका छन् । 

अब उक्त नाकाबाट सामान ल्याउन मिल्ने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘तर औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन दिनेछौं,’ उनले भने, ‘सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिनेछौं ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।

चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । चिनियाँ पक्षले नेपाललाई उक्त कारण देखाउँदै नाका खोल्न भनिरहेको थियो ।