उपप्रधानमन्त्री पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच भिडियो कन्फेरेन्स

उपप्रधानमन्त्री पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच भिडियो कन्फेरेन्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । कोरोना रोकथाम तथा र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेका छन् ।

उनले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भिडियो कन्फेरेन्समार्फत सतै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफल क्रममा उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी गराइएको थियो । कन्फेरेन्समा निर्णयहरु कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

कन्फेरेन्समा मुख्यमन्त्रीहरुले प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए । आजै उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्न लागिएको छ ।