स्वास्थ्यमन्त्रीकै अघि स्वास्थ्य सचिव र महानिर्देशकबीच ‘तँ-तँ र म-म’, झन्डै आयो हात हा’ला’हा’लको स्थिति

स्वास्थ्यमन्त्रीकै अघि स्वास्थ्य सचिव र महानिर्देशकबीच ‘तँ-तँ र म-म’, झन्डै आयो हात हा’ला’हा’लको स्थिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । स्वास्थ्य मन्त्रालयमा मन्त्रीकै अगाडि दुई उच्च पदस्थ कर्मचारीबीच झन्डै हातै हा’ला’हा’लको स्थिति भएको छ ।

स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीच मन्त्री भानुभक्त ढकालकै अगाडि ‘तँ-तँ र म-म’ भन्दै झन्डै हा’त हा’ला’हा’ल भएको हो ।

स्रोतका अनुसार सचिवले महानिर्देशकलाई तँ सम्बोधन गरी कुराकानीका क्रममा महानिर्देशकले प्रतिवाद गरेपछि विवाद बढेको थियो ।

‘महानिर्देशकले पनि उसैगरी उत्तर दिनुभयो, त्यसपछि चर्काचर्की भएको हो,’ स्रोत भन्छ ।

मन्त्रालयका अनुसार, यादव कोइराला र श्रेष्ठको बीचको द्वन्द्व पुरानै हो । यादव सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा नै समायोजनको विषयमा यी दुईबीच निकै ठूलो विवाद भएको बताइन्छ ।

‘समायोजनका समस्या लिएर सामान्य प्रशासन मन्त्रालय पुग्दा विवाद भएपछि सचिव कोइरालाले महानिर्देशक श्रेष्ठलाई झ्यालबाट फालिदिन्छु समेत भनेका थिए । सचिव अलि हेपाहा स्वाभावका छन् । उनले पहिले पनि पटकपटक श्रेष्ठलाई अपमान गरिरहेको हल्ला मन्त्रालयमा भइरहन्थ्यो,’ सो घटनाका एक प्रत्यक्षदर्शी भन्छन् ।

सो समयमा मन्त्रीले कुनै प्रतिक्रिया नजाएको पनि स्रोत बताउँछन् । यही विषयमा लिएर मन्त्रालयका विभिन्न ट्रेड युनियनहरुले आपत्ति जनाएका छन् ।

तर, नाम नभन्ने सर्तमा एक ट्रेड युनियनका पदाधिकारीले भने,‘यसरी कर्मचारीलाई अपमान गर्न पाइदैँन । मन्त्री र सचिव दुवैको प्रवृत्ति अ’प’मान गरी बोल्ने खालको छ, यसरी कसरी काम गर्न सकिन्छ?’

मन्त्रालयका एक कर्मचारीले भने दुबैबीचको द्वन्द्व मन्त्रीका अगाडी प्रस्तुत गर्न गलत भएको बताए । उनले भने, ‘हो दुबैबिच विवाद होला तर मन्त्रीकै अगाडि लड्नु भनेको उनको पनि अपमान गर्नु, उनीमाथि हावी हुन खोज्ने प्रवृत्ति हो। त्यो गलत हो।’

पछिल्लो समय स्वास्थ्य मन्त्रालयको कार्यशैली अस्थिर बन्दै गएको छ। कसले कसलाई काम लगाउने, कसले भनेको मान्ने, को मिडियामा आउने भन्ने विषय मन्त्री, सचिवबाटै चासो दिन थालिएको बताइएको छ।