लकडाउन उल्लंघन गर्नेलाई २-३ फिट परैबाट समात्न मेसिन बोकेर हिड्दै प्रहरी, समत्नासाथ पठाईन्छ सिधै क्वारेन्टाइनमा !

लकडाउन उल्लंघन गर्नेलाई २-३ फिट परैबाट समात्न मेसिन बोकेर हिड्दै प्रहरी, समत्नासाथ पठाईन्छ सिधै क्वारेन्टाइनमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ चैत । सरकारले घोषणा गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो ।

सरकारले आज कडाइ गरेपछि सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । हिजाे अस्तिकाे तुलनामा मानिस पनि बाहिर कम निस्किएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले आज लकडाउनको चौथो दिन अन्य दिनको भन्दा हिँडडुलमा कडाइ गरेको बताए । ‘लकडाउनलाई उल्लंघन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ’ उनले भने, ‘बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।’

उनका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ । टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ । र सिधै क्वारेन्टाइनमा राख्ने छ ।

उनका अनुसार अहिलेसम्म १७ जनालाई नियन्त्रणमा लिइएको छ । उनले कुनै धर्ना, जुलुस नभई महामारी रोक्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गरेर बाहिर ननिस्कनसमेत आग्रह गरे ।