लकडाउनमा र’क्सी पिउन नपाएपछि एक व्यक्तिले गरे आ’त्म’ह’त्या


एजेन्सी, १४ चैत । लकडाउनका कारण अहिले अत्यावश्यक सामानहरु त सहजै नपाइराखिएको बेला एक व्यक्तिले भने र’क्सि पिउन नपाएको भन्दै आ’त्म’ह’त्या गरेका छन् । भारतको केरलमा ३५ वर्षका एक व्यक्तिले म’दिरा पिउन नपाएपछि आ’त्म’ह’त्या गरेका हुन् ।

आज तकका अनुसार थ्रिसुरका सनोज नामका ती व्यक्ति म’दिरा नपाएर त’नावमा थिए । सामान्य दिनमा उनी दिनमा २ देखि ३ पटक बार जान्थे । तर, कोरोनाभाइरसका कारण देशमा लकडाउन छ । केरल सरकारले बुधबारदेखि म’दिरा बिक्रीमा रोक लगाएको छ ।
यद्यपि यसअघि केरला सरकारले म’दिरालाई पनि अत्यावश्यक वस्तुको श्रेणीमा राख्ने भनेको थियो तर विपक्षको दबाबका कारण सरकार पछि हट्यो ।

सरकारको यो फैसलाका कारण विगत २ दिनदेखि सनोज निकै त’नावमा थिए । अन्ततः शुक्रबार उनको झु’ण्डि’एको अवस्थामा ला’श भेटियो ।

पुलिसले उनको अप्राकृतिक मृ’त्युको केस दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । सुरुवाती जाँचमा घटना आ’त्म’ह’त्याको देखिएको पुलिसले जनाएको छ ।

यसअघि एक कैदीको पनि म’दिराकै कारणले मृ’त्यु भएको थियो । उनले स्यानिटाइजरलाई म’दिरा सम्झेर पिएपछि थिए ।

प्रतिक्रिया दिनुहोस