सांसद मोहन आचार्यले आफ्नै घरमा बनाए २१ शैयाको सुविधासम्पन्न क्वारेन्टाइन

सांसद मोहन आचार्यले आफ्नै घरमा बनाए २१ शैयाको सुविधासम्पन्न क्वारेन्टाइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ चैत । सांसद मोहन आचार्यले आफ्नै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । उनि रसुवाबाट निर्वाचित प्रतिनिधिसभा संसद हुन् ।

विश्वव्यापी सं’क्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफ्नै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन्।

यसअघि बेत्रावतीस्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिए पनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफ्नो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।

सांसद आचार्यको घरको चार वटा कोठामा २१ शैयाको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

‘कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुविधा सम्पन्न छ’ उनले भने ‘क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधार पनि भएकाले माननीयले खुसीसाथ उपलब्ध गराउनु भएको छ ।’