मुस्कानलाई ए’सिड छ्याप्ने संसादलाई आमाको जिम्मामा छाडियो

मुस्कानलाई ए’सिड छ्याप्ने संसादलाई आमाको जिम्मामा छाडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १४ चैत । वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनमाथि ए’सिड छ्याप्ने अ’भि’युक्त संसाद मियालाई जिल्ला अदालत पर्साले साधारण तारेखमा छोडेको छ ।

बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालयको इजलासले वैशाख १४ गते अदालतमा उपस्थित गराउन ल्याउने गरी उनलाई आमाको जिम्मा लगाउन आदेश दिएको नायब सुब्बा वर्षा साहले जानकारी दिइन् ।

‘उनकी आमाले कोरोना सं’क्रमणका बेला आफ्नो नाबालक छोरालाई आफ्नो जिम्मा दिन माग गर्दै बुधबार दिएको निवेदनमा बिहीबार जिम्मा लगाउने आदेश भएको हो,’ उनले भनिन् ।

खातुनलाई एसिड आ’क्रमण गरेको अभियोगमा उनी र मजिद मिया बाल सुधार गृहमा थिए ।

कोरोना भाइरसको सं’क्रमणका बेला बाल सुधार गृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी छोड्न भन्दै सर्वोच्च अदालतले गरेको निर्णयका आधारमा उनलाई छोडिएको हो ।

मुस्कानलाई ए’सिड छ्याप्ने अर्का अ’भियुक्त मजिद मियाँका अभिभावकले पनि निवेदन दिएका थिए तर उनको उमेर १८ वर्ष पुगेकाले छोड्न नमिल्ने आदेश भएको छ ।

वीरगञ्जको त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी खातुनमाथि भदौमा उनीहरूले एसिड प्रहार गरेका थिए ।