बेलायतका राजकुमार चार्ल्सपछि प्रधानमन्त्री जोनसन पनि कोरोना सं’क्रमित


एजेन्सी, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड-१९ (कोरोना भाइरस) सं’क्रमण भएको पुष्टि भएको छ ।

त्यहाँका राजकुमार चार्ल्सलाई केही दिनअघि कोरोना भाइरस पोजेटिभ भएलगत्तै प्रधानमन्त्री पनि कोरोना भाइरसबाट सं’क्रमित भएका हुन् ।

बेलायको सञ्चार संस्था बिबिसीका अनुसार कोरोना पोजेटिभ भएपछि प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेसनमा गएका छन् । बेलायतमा कोरोना तीव्र गतिमा फैलिएपछि उनी बिरामीको उपचारको बन्दोबस्तीका लागि निरन्तर सक्रिय रहेका थिए ।

‘विगत २४ घण्टादेखि मेरो स्वास्थ्यमा समस्या आएको थियो । अन्तत: परीक्षणबाट कोरोना पोजेटिभ देखियो’, जोनसनले ट्विट गर्दै भनेका छन्, ‘म अहिले सेल्फ आइसोलेसनमा छु । तर म भिडियो कन्फरेन्समार्फत सरकारको काम अगाडि बढाइरहन्छु । हाम्रो सामूहिक प्रयत्नबाट भाइरसविरुद्धको लडाइँ जित्ने छौं ।’

प्रतिक्रिया दिनुहोस