कोरोनाबारे अफवाह : बाराका स्थानीयवासी कोरोना निको पार्न दैलो खनेर टीका लाउँदै !

कोरोनाबारे अफवाह : बाराका स्थानीयवासी कोरोना निको पार्न दैलो खनेर टीका लाउँदै !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १४ चैत । विश्वभर आतंक मच्याइरहेको कोरोना भाइरसविरुद्धको उपचारका लागि विश्भर मेडिकल साइन्स अहोरात लागिपरेको भए पनि हालसम्म परिणाम शुन्यजस्तै छ । तर बारा जिल्लाका विभिन्न गाउँमा भने कोइलाको टीका लगाए कोराना संक्रमण हुँदैन भन्ने अफवाह फैलिरहेको छ । साथै घर–घरमा दैलो खनिएको छ ।

बारा मात्र होइन रौतहटका ग्रामीण क्षेत्रमा पनि यस्तै देखिन थालेको छ । घरको दैलोको दायाँपट्टि खनेर कोइला निकालेर टीका लगाए कोरोना भाइरस संक्रमणबाट बचिने भन्दै स्थानीय यसै गर्न थालेका छन् ।

बाराको निजगढ, सिंगौल, रतनपुर, रौतहटका गैडाटार क्षेत्रलगायतका बासिन्दाले बुधबार मध्यतरातबाट जाग्राम नै बसेर दैलो खनेका निजगढ ६ की धनमाया लामाले बताइन् ।

स्थानीय एक व्यक्तिका आफन्तले रौतहटबाट फोन गरेर यस्तो सुनाएपछि राति गाउँमा हल्ला भएको र स्थानीयले दैलो खन्न थालेको उनले बताइन् ।

निजगढ १३ का तिलक घलानले गाउँमा कोइला खोज्ने र निधारमा लगाउने कामसमेत हुने गरेको बताए । ‘मैले हल्लाको पछि नलाग्न अनुरोध गरे’, उनले भने, ‘नमानेर खन्दै जमिनमा भेटिने कालोको टीका लाउने गरेका छन् ।’