भोलिदेखि न्यूनतम दैनिक उपभोग्य वस्तुको दुवानी र किनमेल गर्न खुला

भोलिदेखि न्यूनतम दैनिक उपभोग्य वस्तुको दुवानी र किनमेल गर्न खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । सरकारले लकडाउनको चौथो दिन बितेपछि दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ । ठूला उत्पादनमूलक उद्योगहरुको सञ्चालनलाई भने खुल्ला गरिएको छैन ।’

उनले भने, ‘हामी नागरिकहरुले पनि निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्छ ।’

कोरोना भाइरसबाट सं’क्रमित दोस्रो व्यक्ति भेटिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउनको समयमा सरकारले सबैलाई घरमा बस्न आग्रह गरेको छ र मंगलबारबाट अत्यावश्यक बाहेकका काममा बाहिर नआउन भनेको छ ।